निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा चौंथो आदिवासी जनजाती महोत्सव बिहिवार देखी शुरु भएको छ। बर्दिवास नगरपालिका–१ गौतम होटलको उत्तरपट्टी नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् महोत्तरीको आयोजनामा चैत ५ गते सम्म महोत्सव आयोजना हुँने महोत्सवको उद्घाटन बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले पानसमा बत्ति बालेर गरेका हुँन ।
महोत्सबमा जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित महोत्सव शुरु भएको परिषद्का अध्यक्ष धन नारायण श्रेष्ठले बताए। महोत्सबमा आदिबासी जनजातीको भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरीएको उनले बताए । ९ जातजाती आदिवासी बसोबास गर्ने महोत्तरीमा सांस्कृतिक प्रवर्द्धन गरी पर्यटन व्यवसायको विकास गर्न महोत्सव अवधिभर विविध जनजातीको संस्कृति झल्किने सांस्कृतिक प्रदर्शन गरिनेछ।’
१ सय ५० स्टल राखिएको महोत्सवमा स्टल भाडा लिन चाहने ब्यवसायीले रु १६ हजार देखी २० हजार तिरेर स्टल भाडा लिएका छन । स्टल भाडामा स्थानिय ब्यवसायीलाई २५ प्रतिशत छुट दिईएको छ ।
मेलामा आदिवासी जनजातिका विशेष प्रस्तुति,सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड् प्रस्तुति, रहेको आदिबासी जनजातीका महोत्तरी जिल्ला सचिब मनिस समालले बताए।
मेलामा आदिबासी जनजातीको भेष भुषा प्रस्तुति, सांस्कृतिक नमूना धार्मिक एवं ऐतिहासिक स्टलको प्रदर्शनी, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ। महोत्सबको १ लाख ५० हजार मानिसले अबलोकन गर्ने अनुमान गरीएको छ ।





































