सप्तरीमा सहायक प्रहरी हवल्दारको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीमा एक सहायक प्रहरी हवल्दारको बुधबार भ¥याङबाट लडेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत सर्लाहीको बलरा नगरपालिका १० सिंह टोल घर भएका ३३ वर्षीय सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंहको मृत्यु भएको हो ।

भ¥याङबाट लडेर घाइते भएका सिंहलाई उपचारका लागि स्थानीय जीवन ज्योति हस्पिटलमा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै छिन्नमस्ता हस्पिटल राजविराज पठाइएको थियो । हस्पिटलले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

मृतक हवलदारको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई बुझाईने प्रवक्ता न्यौपानेले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।