बर्दिवासमा दोस्रो चरणको दादुरा–रूबेला विरुद्धको खोप अभियान शुरु

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकामा दोस्रो चरणको दादुरा–रूबेला विरुद्धको खोप अभियान आज (मंगलवार ) देखी सञ्चालन भएको छ । बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले वडा नम्बर १ स्थित पञ्चधुरा आधारभुत बिद्यालयमा खोपको उद्घाटन गरेपछी अभियान सञ्चालनमा आएको हो ।

दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई न्युनिकरणगर्न ९ महिनादेखी १५ बर्ष सम्मका बालबालिकालाई आज देखि २९ गते सम्म खोप सञ्चालन गरिएको बर्दिवास नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक रामबाबु यादबले बताए ।
करिव २३ हजार ८ सय १० जनालाई खोप लगाउने लक्ष्य लिएको बर्दिवास नगरपालिकाले खोप लगाउन प्रतेक वडामा स्वास्थ्यकर्मीका साथै स्यम सेबिका खटाएको छ । खोप लगाउन छुटपुट भएका बाल बालिकालाई भने ३० गते समेत खोप लगाईने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले जानकारी दिए ।
सरकारले सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य लिएको खोप अभियान सञ्चालन गर्न २ सय ५० जना स्वास्थ्य कर्मी परीचालन गरीएको छ । पुर्ण खोप घोषण भएको बर्दिवास नगरका सामुदायिक तथा संस्थागत बिद्यालय, स्वास्थ्य संस्था बाहिरी खोप केन्द्र गरी जम्मा ७९ खोप केन्द्र राखिएकोे बताईएको छ । खोप सोवा बिहान १० बजेदेखी ४ सम्म सञ्चालन गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।