जनमतले सरकारमा जान राख्यो मधेशको मुख्यमन्त्री शर्त

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
आजै बन्न लागेको सत्ता गठबन्धनको सरकारमा सहभागी हुन जनमत पार्टीले शर्त राखेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि जनमत पार्टीको सचिवालय बैठक बसेको थियो ।

बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।

‘हामीलाई विगत एक वर्षमा मधेशमा पनि सही मूल्याकंन भएको छैन र संघमा पनि राम्रो समन्वय गरिएको छैन’, पार्टी सचिव बीपी साहले भने, अहिले बेला कुरा गरेर मात्रै निर्णय लिने भएका छौं ।’