तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
साउनदेखिको तलब नपाएको भन्दै सर्लाहीको हरिपूर्वा नगरपालिकाभित्रका सम्पूर्ण १६ वटा सामुदायिक विद्यालय बन्द गरी शिक्षकहरु धर्नामा बसेका छन् ।
शिक्षकहरु धर्नामा बसेपछि करिब पाँच हजार विद्यार्थी को पठन पाठन ठप्प भएको छ ।
यो वर्ष वडा नं. ५ स्थित केश्वर गरिब जनता माध्यमिक विद्यालय हरिपूर्वाबाट २३९ र वडा नं. ९ स्थित रामजानकी माध्यमिक विद्यालय वसन्तपुरबाट १३८ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । यी सबै विद्यार्थीले अहिले घरमै बसेर आफ्नै हिसाबले एसइईको तयारी गरिरहेका छन् । जस्ले गर्दा उनिहरुको भबिष्य अन्यौल देखिएको छ ।

हरिपूर्वा नगरपालिकाको शिक्षा शाखाका प्रमुख जनक काफ्लेले शिक्षकहरुले तलब प्राप्त नहुन्जेल धर्ना जारी राख्ने भएकाले विद्यालय खुल्न नसकेको बताएका छन। तलब नपाउञ्जेल विद्यालय खोल्न तयार नभएका शिक्षकले आठ महिनासम्म तलब नपाउँदा समस्यामा परेका छन ।