डेढ करोडको सामानसहितको ट्रक र पिकअप प्रहरी नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्सा प्रहरीले एउटा मालवाहक ट्रक र पिकअप गाडी नियन्त्रणमा लिएको छ। ः वीरगन्जबाट प्रहरीले तस्करीको सामान भित्रर्याएको आशंकामा सो ट्रक र पिकअप गाडी नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको हो ।

एक करोड ४२ लाख ७८ हजार १२० रुपैयाँ बराबरको कपडा र किताब लगायतका सामान लिएर काठमाडौं जाँदै गरेको मालवाहक ट्रक र पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगन्ज स्थित एकिकृत भन्सार जाँच चौकीबाट भन्सार जाँचपास भई भित्रिएको बीआर २२ जीए ४९१६ नम्बरको पिकअप र ना ४ ख ९८७ नम्बरको ट्रक शुक्रबार बेलुकी वीरगन्ज–२५ ड्राइपोर्ट चोकबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
प्रहरीले शंका लागेर ती दुवै मालवाहक गाडी रोकेर चेकजाँच गर्ने क्रममा बिलबिजकभन्दा बढी मूल्यको सामान भेटिएको तथा बिलबिजक लगायतका कागजात पनि शंकास्पद भएको देखिएपछि सामानसहितको दुवै गाडी नियन्त्रणमा लिई दुवै थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।