खेल र खेलाडीको बिकासकालागी नगरपालिका नयाँ सिराबाट अघि बढदै गईरहेको : प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बर्दिबास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले राष्ट्रको गौरबकोलागी खेल खेलिनुपर्ने बताएका छन ।
महोत्तरीको बर्दिवासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता–२०८० को समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले खेल र खेलाडीको बिकासकालागी अहिले बर्दिवास नगरपालिका नयाँ सिरबाट अघि बढदै गईरहेको बताए ।
प्रमुख क्षेत्रीले अहिले नगरले सम्पुर्ण खेल तथा खेललाई प्रथमिकतामा राखेर काम थालेको भन्दै नगरपालिकाले त्यसकालागी बजेट बिनियोजन गरेको जनाए । उनले खेलाडीलाई पेशागत बनाउन अहिलेको संबिधान संशोधन गरेर पेशेबर खेलाडी उत्पादनमा जोड दिदै खेललाई रोजगारमुलक बनाउनु पर्ने आवश्यकता औल्याए । मेयर क्षेत्रीले खेलकुदमा बर्षौ पहिले देखी यो प्रदेश अग्र स्थानमा रहेपनी खेल भित्र देखिएका आर्थिक तथा पेशागत समस्याको कारण खेलाडी पलायन हुदै गईरहेको उल्लेख गरे ।

सातवटै प्रदेशका करिब १५ सय कराते खेलाडीको सहभागिता रहको प्रतियोगितामा ८ स्वर्ण ४१ हजार नगद र ट्रफि सहित नेपाली सेना प्रथम भएको छ । त्यसैगरी ५ स्बर्ण नगद २५ हजार र ट्रफि सहित सस्त्र प्रहरीबलले दोश्रो स्थान ल्याएको छ ।
शनिवार भएको फाईनल खेलमा ३ स्वर्ण १५ हजार नगद र ट्रफि सहित तेश्रो स्थान हासिल गरेको छ ।
खेलमा पुरुस तर्फ उत्कृष्ट फाईटर लुम्बिनी प्रदेशका राहुल चौधरी र महिलातर्फ उत्कृष्ट फाईटर नेपाली सेनाकी मिस्ली श्रेष्ठ घोषित भएका छन । त्यसैगरी खेलमा राईजिङ प्लेयर पुरुसतर्फ सस्त्र प्रहरी बलका तेन्जिङ सेर्पा र महिला तर्फ मधेश प्रदेशकी पोर्सिया चौधरी भएको कराते महासङ्घ मधेश प्रदेशका सचिव कसम लामाले जानकारी दिए ।
बर्दीबास नगरपालिकाको सहयोगमा नेपाल कराते महासङ्घ मधेश प्रदेशले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ एकल काँता र टिम काँताका ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ प्लस केजी गरी ७ विधामा प्रतिस्पर्धा भएको जनाइएको छ ।

यस्तै महिलातर्फ पनि एकल र टिम काँताका ४५, ५०, ५५, ६१, ६८, र ६८ प्लस केजीसमेत ६ विधामा प्रतिस्पर्धा भएको आयोजकले बताईएको छ ।