बर्दिवास नगरपालिकामा दोस्रो चरणको दादुरा–रूबेला विरुद्धको खोप सञ्चालन हुँदै

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकामा दोस्रो चरणको दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।

दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई न्युनिकरणगर्न ९ महिनादेखी १५ बर्ष सम्मका बालबालिकालाई यहि फागुन २२ गते देखि २९ गतेसम्म खोप सञ्चालन गर्न लागिएको हो ।
करिव २३ हजार ८ सय १० जनालाई खोप लगाउने लक्ष्य लिएको बर्दिवास नगरपालिकाले खोप लगाउन प्रतेक वडमा स्वास्थ्यकर्मीका साथै स्यम सेबिका खटाउने भएको छ । खोप लगाउन छुटपुट भएका बाल बालिकालाई भने ३० गते समेत खोप लगाईने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले जानकारी दिए ।
सरकारले सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य लिएको खोप अभियान सञ्चालन गर्न २ सय ५० जना स्वास्थ्य कर्मी परीचालन गरीने भएको छ । पुर्ण खोप घोषण भएको बर्दिवास नगरका सामुदायिक तथा संस्थागत बिद्यालय, स्वास्थ्य संस्था बाहिरी खोप केन्द्र गरी जम्मा ७९ खोप केन्द्र रहने बताईएको छ ।