आज्ञा खबर
बर्दिवास
साग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकलाई बर्दिबासमा रहेको एक होटलले आफ्नो सेवामा १५% छुट दिने भएको छ ।
देशभरिका जुनसुकै शाखाका कर्मचारी तथा ग्राहकले आजबाट लागू हुने गरी महोत्तरीको बर्दिबासमा रहेको गौतम होटल र धनुषाको लालगढमा रहेको होटल दुबै शाखाले आफ्नो सेवा लिए बापत १५% छुट प्रदान गर्ने भएको हो ।
बैंकको कर्मचारी तथा होटल संचालकबीच आज एक औपचारिक कार्यक्रम आयोजना गरि बैंक तर्फ बाट प्रमुख कर्जा अधिकृत रजित मास्के, केन्द्रीय कर्जा विभाग प्रमुख विश्वरन्जन पाण्डे, बर्दिबास शाखा प्रबन्धक बिनेश कार्की ज्यु को उपस्थिति मा क्षेत्रीय प्रमुख रुपक मैनाली र होटल संचालक हिरालाल गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेको बर्दिबास शाखाका प्रबन्धक बिनेश कार्कीले जानकारी दिए ।
