निकिता खनाल
बर्दिवास
महोत्तरी प्रहरीले लागु औषध सहित तिनजनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको पिपरा गाउँ पालिका वडा न.४ स्थित पिपरा चौकमा ईलाका प्रहरी कार्यालय सहोड्वाबाट खटिएको प्रहरी टोलीले चेक जाचँ गर्ने क्रममा जलेश्वरबाट पिपरा तर्फ जाँदै गरेको ज १ ह ३९४५ नं. को तीन पांग्रे अटोलाई शंका लागि चेकजाँच गर्दा उक्त अटोमा सवार रहेका जिल्ला महोत्तरी पिपरा गा.पा.वडा नं. २ वस्ने मो. ईजाहारुल हुसेनको छोरा वर्ष ३६ को मो. सिकिन्द्र हुसेन, जिल्ला महोत्तरी मटिहानी न.पा. वडा नं. ९ सिमरदही वस्ने संदेश साफीको छोरा वर्ष २० को गुडु साफी र सोही अटोमा सवार भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम सोनवर्षा ८ वस्ने मोहन राउतको छोरा वर्ष २० को सुवोध राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अटो भित्र राखिएको निलोकालो रंगको झोलाबाट नेपालमा प्रतिवन्धित अवैध लागु औषध प्रोमेथोजिन हाइड्रोक्लोराइड इंजेक्शन आईपी लेखको ४सय ९६ थान र सोही झोला भित्री कालो प्लाष्टिकको २ वटा पोकामा बुप्रेनोर्फिन इंजेक्शन आईपी ४ सय ९९ थान इंजेक्शन आईपी ४ सय ९२ थान मोबाईल ३ थान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक दिलिप गिरीले जानकारी दिए ।
पक्राउ परेकालाई महोत्तरी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय महोतत्तरीमा राखिएको समेत उनले बताए ।