ट्याक्टर चालकलाई धम्क्याउँदै पैसा माग्ने युवक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतकट
बाराबाट उखु लोड गरी कटहरिया ८ स्थित बाबा बैजुनाथ चिनिमिल तर्फ गइरहेको ट्याक्टर रोकेर कटहरिया ३ बिर्ती स्थित ट्याक्टर चालकलाई धम्क्याई पैसा उठाउने कार्यमा संलग्न एक जना युवक रौतहटको कटहरिया नगरपालिकाबाट पक्राउ परेका

चालकसँग पैसा माग्ने कटहरिया २ वर्ष २२ का सुमन राय यादवलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो ।

उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थमाई आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले बताए ।

प्रष्टोका र हाथियाहि गाउँको बिचमा आरोपी यादवले रोकेर जबर्जस्ती पैसा मागेका थिए ।

स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरूण कुमार सिंहको कमाण्डमा गएको टोलीले यादवलाई पक्राउ गरी रातिनै इलाका प्रहरी कार्यालय गरुडा पठाएको थियो।