सर्लाहीबाट नक्कली नोटसहित पक्राउ परेका २ युवक कारागार चलान

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवनबाट नक्कली नोटका २५ बिटासहित एक महिनाअघि पक्राउ परेका दुई युवा कारागार चलान भएका छन्।

सर्लाहीको बलरा नगरपालिका– ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका– २ का ३६ वर्षीय सन्जय सहनी जिल्ला अदालतको सर्लाहीको आदेशानुसार कारागार कार्यालय मलंगवा चलान भएका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

 

गएको माघ १८ गते उनीहरु प्रदेश–२–०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी ८३१८ नम्बरको भारतीय मोटरसाइकलसहित हरिवनबाट समातिएका थिए।

उनीहरुको साथबाट एक हजार दरका १ सय ७२ थान नक्कली नोटसहित २१ बन्डल नोट साइजमा कटिङ गरिएको सादा कागज प्रहरीले बरामद गरेको थियो। प्रहरीले उनीहरुको साथबाट केही मात्रामा गाँजा पनि बरामद गरेको थियो।

उनीहरु नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको आशंकामा प्रहरीले थप अनुसन्धन अघि बढाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...