आज्ञा खबर
बर्दिवास
महोत्तरीको औरही नगरपालिकामा पालिका स्तरिय दादुरा रूवेला खोप अभियान सम्बन्धि स्वास्थ्यकर्मी, संचारकर्मि तथा सरोकारवालाहरूका लागी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। औरही नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमको अध्यक्षता मेयर प्रदिप कुमार खड्का रहेको थियो ।
एक दिने अभिमुखिकरण कार्यक्रममा नेपाल सरकारले फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरी दादुरा–रुबेलाको खोप अभियान सञ्चालन सुरु गरेको बिषयमा जानकारी दिइएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका कारण दादुरा–रुबेलाको अतिसङ्क्रमित ५१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउनु पर्नेछ। सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो । सरकारले अबको दुई वर्ष अर्थात् सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।
यो खोप महोत्तरी जिल्लामा २ चरणमा सञ्चालन हुने बताइएको छ। खोप पूर्ण रुपले सुरक्षित रहेको नगरपालिका स्वास्थ्य शाखासंयोजक चंद्रभूषण ठाकुरले जानकारी दिए ।
महोत्तरीमा दोस्रो चरणमा खोप अभियान सञ्चालन हुने बेलामा औरही नगरपालिकामा पनि ९ महिना देखि १५ बर्ष मुनिका बाबालिकाहरुलाई यहि आउदो फागुन २२ गते देखि २८ गते सम्म खोप लगाइने बताईएको छ ।
औरही नगरपालिकाको ९ वटै वडामा रहेको स्वास्थ्य चौकीबाट ५४ वटा खोप केन्द्रबाट औरही नगरपालिका भित्र करिब १४ हजार ३ सय २२ बाल बालिकाहरुलाई दादुरा रुबेला खोप लगाइने भएको छ।