महोत्तरीमा ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाईयो

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी गौशला नगरपालिका ८ ढल्केबरमा मनाएका छन । नेपाल मगर संघ महोत्तरीका अध्यक्ष भक्त बहादुर सुस्लिङ्ग मगरको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रिय महासचिब टेक बहादुर नामजाली मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा
मगर जातको भाषा झल्कने सांस्कृतिक नाचागान तथा शुभकामना आदान प्रदान लगायत बिशेश कार्यक्रमहरु गरेर दिबस मनाईएको नेपाल मगर संघका केन्द्रिय सदस्य दिलबहादुर किङ्गरिङ्ग मगरले जानकारी दिए ।
मगर समुदायको बाहुल्यता रहेको महोत्तरीको उत्तरवर्ती नगर गौशला नगरपालिकामा महोत्तरीमा विभिन्न कारणले लोपोन्मुखरूपमा रहेको मगर समुदायका प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्वपूर्ण भूमिका खेल्ने किङ्गरिङ्ग मगरको भनाई रहेको छ ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापना दिबसका अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएको छ ।