स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको कौडेना गाउँपालिका–३ हुलाकी राजमार्गमा पर्ने स्थानमा मा गएराति सवा नौ बजे स्कारपियो जिपको ठक्कर बाट मोटरसाइकलमा सवार दुई युवकको ज्यान गएको छ। ज्यान जानेमा रौतहटको माधवनारायण नगरपालिका–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय मेहता रहेका छन ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।’

भारतीय नम्बर प्लेटको बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकलमा सवार दुईजना सर्लाहीबाट रौटहट फर्किँदै गरेका थिए ।
मोरसाइकललाई तीव्र गतिको स्कारपियोले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनापछि भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियोका चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियारका जनाएका छन।
दुर्घटनामा परेका दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरीरहेको जनाएको छ ।