प्राथमिक स्वास्थ्य केन्द्र गाैशालालाई १०० बेडको अस्पताल बनाउने योजना छ : नगर प्रमुख डा. महतो

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोतरीको गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले १०० शैयाको अस्पताल बनाउने योजना नगरपालिकाको रहेको बताएका छन् ।
सोमबार गौशाला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणकार्यको अनुगमन गर्ने क्रममा उनले सोकुरा बताएका हुँन ।
महतोले प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैया सहितको सुविधा प्रदान गर्ने भवन हाल निर्माण भईरहेको भएपनी यथासिघ्र त्यसलाई १०० शैयाको सुविधा सम्पन्न अस्पतालमा रुपान्तरण गर्ने योजना नगरको रहेको जनाए ।

महोत्तरी जिल्लाकै दोश्रो शहरको रुपमा परीचित गौशाला नगरमा महतोले आफ्नै कार्यकालमा १०० बेडको अस्पताल निर्माण गरि नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको भन्दै लामो दुरीबाट आउने बिरामीहरुको सहजता लागि प्रसुती गृह सहितको सुविधा सम्पन्न अस्पताल निर्माणकालागी आफु प्रतिबद्ध रहेको उल्लेख गरे ।