नर्सहरुले बिद्यालयमा सुरुगरे स्वास्थ्य सम्बन्धि प्रर्दशनी

निकिता खनाल

बर्दिवास
नसिंङ्ग तथा सामाजिक सुरक्षा महाशाखा द्वारा सञ्चालित महोत्तरीको बर्दिवास नगरपालिका स्वास्थ्य शाखा अन्र्तगत सामुदायिक स्वास्थ्य नमुना स्थानिय तह कार्यक्रम मार्फत महोत्तरीको बर्दिवास नगरपालिका २ स्थित जनता मा. वि .मा सामुदायिक स्वास्थ्य नर्सहरुले सोमवार स्वास्थ्य सम्बन्धि एक दिने प्रर्दशनी गरेका छन् ।

बर्दिवास नगरपालिको १४ वटै वडा भित्रका सामुदायिक बिद्यालयमा प्रर्दशनी सञ्चालन गर्ने लक्ष्य लिएकोकार्यक्रमको उद्घाटन बर्दिवास नगरपालिकाकी उप प्रमुख तारादेबी महतोले एक समाहरोका बिच गरेकी छिन ा

प्रदर्शनीमा बिद्यालयका बिद्यार्थीहरुको शारिरीक सरसफाई,सकारात्मक र नकारात्मक स्पर्श,पोषण, स्वच्छ तथा प्रदुषित वातावरण,सन्तुलित आहार ,महिलाहरुको महिनावारी सरसफाई,लागु औषध नियन्त्रण,स्वथकर खाना र अखाद्य बस्तु बिचको भिन्नता लगायतका बिषयमा कक्षा १ देखी ९ सम्मका छात्र छात्रालाई सभ्य दृश्य मार्फत सिकाई सिकाईने सामुदायिक स्वास्थ्य नमुना स्थानिय तह कार्यक्रमकी अधिकृत कोश्मिका हमालले जानकारी दिईन ।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...