नगरको सबै वडामा सर्ब सुलभ रुपमा खनेपानी उपलब्ध गराईने : मेयर क्षेत्री

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिकाका मेयर प्रलाद कुमार क्षेत्रीले नगरको सबै वडामा सर्ब सुलभ रुपमा खनेपानी उपलब्ध गराईने बताएका छन ।
बर्दिवास नगरपालिका ८ स्थित लोप्चन टोलमा आईतवार खाने पानीको ईनार अबलोकन गर्ने क्रममा उनले सोकुरा बताएका हुन ।
उनले पानीको समस्या भएका नगरको सबै वडामा पानी पर्याप्त पु¥याउने गरी पुराना ईनार तथा टयुबेलको मर्मत सम्भार यथा सिघ्र गरीने र सो प्रयाप्त नभए नयाँ जडान गरेर खानेपानीको समस्या हल गरीने जनाए ।
क्षेत्रीले नगरपालिकाको सहयोगमा खानेपानी प्रणाली ब्यावस्थापन सम्बन्धी योजना ल्याएर
पानी खानबाट नगरवासीलाई बन्चित नगरिने जनाए । बर्दिवास नगरपालिका ८ स्थित लोप्चन टोलमा रहेको ५० बर्ष पुरानो एकमात्र खानेपानीको ईनारमा बर्षेनी पानीको सतह घटदै गईरहेकाले त्यस भेगका नागरीकले सास्ती खेप्दै आएका छन ।