आज्ञा खबर
बारा
बाराको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट (एफओबी) मा आगलागी भएको छ ।
विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र शाहले बताए ।
आगलागीबाट के कति क्षति भएको भन्ने विस्तृत विवरण आउन बाँकी छ । एफओबीका सबै हातहतियार गोलीगट्ठासहित सबै सामान जलेर नष्ट भएको बताईएको छ ।
दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट कुनै किसिमको मानवीय क्षति भने नभएको
सशस्त्र प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ । कति हातहतियार तथा गोलीगगट्ठा जलेर नस्ट भयो भन्ने विवरण अहिलेसम्म आउन नसकेको बलिरामपुर सशस्त्र प्रहरीले जनाएको छ ।