आज्ञा खबर
सर्लाही
सर्लाही सदरमुकाम मलङ्गवामा एक युवक मृत फेला परेका छन । मलङ्गवा नगरपालिका–९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३० वर्षीय सहमद साफी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
साफीको शरीरमा कुनै चोटपटक नदेखिएको र मुखबाट अत्यधिक फिँज काडिरहेकाले धेरै मात्रामा लागु औषध सेवन गर्दा उहाँको मृत्यु भएको आशङ्का गरिएको छ । मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखी घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।