कटुवा पेस्तोलसहित दुई जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्सा प्रहरीले कटुवा पेस्तोल १ थानसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका–९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई बहुदरमाई नगरपालिका–९ मा जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।