आज्ञा खबर
बारा
सिमराबाट हेटौडा तर्फ जाँदै गरेको ट्रक र बिपरीत दिशावाट आईरहेको बोलेरो पिक अप जितपुरसिमरा उप–महानगरपालिका–१ आधाभार जङ्गलमा एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्ला नुवाकोट विदुर नगरपालिका–९ कोल्नी बस्ने ३० बर्से सुजन मगराती र भारतको बिहार राज्य मोतहारी जिल्ला मधुवन थाना कुन्दनपुर गाउँ बस्ने २८ बर्से चन्दन चौहान
रहेका छन्।
ना ६ ख ३३५२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा।प्र।०१–०२६ च १३३४ नम्बरको सो बोलेरो पिक अप जितपुरसिमरा उप–महानगरपालिका–१ आधाभार जङ्गलमा बुधवार बिहान साढे ५ बजे एक आपसमा ठोकिदा बोलेरोमा सवार ५ जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइतेमध्ये बोलेरोमा सवार चौहानको राती साँवा ७ बजे र बलोरो चालक मगरातीको साढे ७ बजे न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
यसै गरी अन्य गम्भीर घाइतेहरू भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्ला, परखना मोतीपुर थाना, दरुराज ग्राम सिसुवा बस्ने महेश चौधरीको २२ बर्से छोरा राहुल चौधरी, सोही ठाउँ महाराजगन्ज जिल्ला गोरखपुर बस्ने बलिराम चौहानको १७ बर्से छोरा सुदिप चौहान, गोरखपुर बस्ने सुरेश चौहानको १९ बर्से छोरा रामलखन चौहानको न्युरो अस्पताल बारामा उपचार भइ रहेको छ ।
यसै गरी घाइते भएका ट्रक चालक बारा जिल्ला परवानीपुर गाउँपालिका–४ चैनपुर हाल जितपुरसिमरा उप–महानगरपालिका–२ हुलास टोल बस्ने ३० बर्से रवि पटेलको प्रहरी निगरानीमा न्युरो अस्पताल बारामा उपचारमा रहेको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।