वीरगन्ज विवादबारे सर्वदलीय बैठकको ५ बुँदे निर्णय

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
वीरगन्जमा भएको विवाद सुल्झाउन बसेको सर्वदलीय बैठक सकिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बोलाएको सर्वदलीय बैठकमा दुई पक्ष बिच ५ बुँदे सहमति भएर बैठक स्थगित भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
बैठकको पहिलो बुँदमा सयौँ वर्षदेखि कायम रहेको दुई समुदायबिचको एकतालाई अझ मजबुत गराइ, एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पर्ने प्रतिबद्धता गरीएको छ ।

दोस्रो बुँदामा एक अर्काको आस्था केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै त्यस्ता स्थानहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने÷नगराउने, अवान्चित गतिविधि गर्ने जोसुकैलाई समेत कानुनी कारबाही गर्ने सहमति भएको छ ।

यस्तै तेस्रो नम्बरमा पर्सा भित्र खुलारुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुनी कारबाही गर्न सबैले सहयोग गर्ने निर्णय भएको छ ।