महोत्तरीको बर्दिबासमा मधेश प्रदेश स्तरीय चौथो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिबासमा सोमबार मधेश प्रदेश स्तरीय चौथो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाईनल खेलमा धनुषाका यम रमौली र सुनिल ठोकर बिजयी भएका छन । खेलको सेमिफाईनलमा बिकाश हायु र पवन यादबले दोश्रो स्थान ल्याएर बिजयी भएका हुन् । त्यसैगरी खेलको क्वाटर फाईनल को जित सुधिर यादब र आदित्री गुप्ताले हात पारेका छन । बर्दिवास ब्याडमिन्टनको कबड् हलमा भएको खेलमा आन्तरीक खेल तर्फ प्रकाश बरुवाल,प्रकाश कार्की प्रथम बिकास कोेईराला र बिजय महतो दोश्रो चन्द्र बहादुर खड्का,ईश्वरी पन्त, अमित रिजाल र बिष्णु ढुङ्गेल ले तेश्रो जित हासिल गरेका छन । खेलमा जोन असराजले उत्कृष्ट खेलाडीको उपाधि पाएका हुँन ।
प्रजातन्त्र दिवसको अवसर पारेर बर्दिबास नगरपालिका तथा बर्दिबास ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा पुरुष डवल्स खेलको उद्घाटन बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले गरेका छन ।
हेर्नुहोस यो भिडियो