मुख्यमन्त्री यादवले लिए विश्वासको मत

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सरकारले तेश्रो पटक विश्वासको मत पाएको छ । यादवलाई ६९ जना प्रदेश सांसदले सदनमा विश्वासको मत दिएका हुन् ।

उनको विपक्षमा ३५ जना प्रदेश सांसदले मतदान गरेको सभामुखले जनाए । आजको प्रदेश सभामा १०४ जना प्रदेश सांसदहरूको उपस्थिति रहेको सभामुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री यादवको पक्षमा बहुमत प्राप्त भएकोले उनको नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त गरेको सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।
मुख्य मन्त्रीलाई सत्ता गठबन्धनमा आबद्ध दलसहित तीन साना दल र स्वतन्त्र प्रदेश सांसदहरूले समर्थन गरेर विश्वासको मत दिएका थिए ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई साना दलहरू नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टीसहित स्वतन्त्र प्रदेश सांसदहरूले समेत विश्वासको मत दिएका हुन् ।

योसँगै सत्ता गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जसपाका प्रदेश सांसदहरूले पनि विश्वासको मत दिएका हुन् ।
प्रदेश सरकारलाई कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्रका ९, लोसपा ९, एकीकृत समाजवादीका ७ र साना दलहरूबाट ३ जना सांसदले अहिलेको सरकारको पक्षमा मतदान गरेका हुन् । योसँगै स्वतन्त्र सांसदहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए ।