मधेश सरकार जनता समाजवादी पार्टीको जस्तो मात्र देखिएको : माओबादी नेता साह

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदिय दलका नेता भरत प्रसाद साहले सरकार जनता समाजवादी पार्टीको जस्तो मात्र देखिएको टिप्पणी गरेका छन ।

मुख्यमन्त्री यादवले आइतबार प्रदेशसभामा विश्वासको मत मागेपछि धारणा राख्ने क्रममा माओवादी केन्द्रका संसदीय दलका नेता साहले मुख्यमन्त्री सरोजकुमार यादवको आलोचना गर्दै सरकारको गति सुस्त भएको र मुख्यमन्त्रीले सल्लाह र सहकार्य नगरेको आरोप लगाए ।
उनले सरकारले समन्वय सहकार्य नगर्दा सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासको विषयमा विवाद भएको बताए ।

‘सरकार प्रमुखले गठबन्धन पार्टीको सर्वदलीय बैठक नगरेको भन्दै साहले भने ‘सरकारले हामीलाई किन सम्झेन, किन सहकार्य गरेन त्यस विषयमा गम्भीर हुन आग्रह गर्न चाहन्छु ।’
उनले सरकारको ब्यानरमा जसपा मात्रै देखिएकाले सच्याउन आवश्यक रहेको धारणा राखे ।
शनिबार भएको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्रीले आफूहरुले उठाएको कुरालाई गम्भीरतापूर्वक लिएको र विगतको कमजोरी सच्याउने प्रतिवद्धता जनाएको भन्दै साहले विश्वासको मत दिने बताए ।

गत माघ ९ गते जनमत पार्टी मधेश सरकार बाट बाहिरीएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसै कारण मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिन लागेका हुन् ।