निकिता खनाल
बर्दिवास
बर्दिवास ब्याडमिन्टन संघको आयोजनामा महोत्तरीको बर्दिवासमा मधेश प्रदेश स्तरीय चौथो मेयर कप ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ । प्रजाचन्त्र दिवसको अवसरमा यहि फागुण ७ गते हुँने प्रतियोगिताको उद्धाटन बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले गर्ने बर्दिवास ब्याडमिन्टन संघका अध्यक्ष पोसन थापाले बताए । बर्दिवासको ब्याडमिन्टन कबड् हलको उद्धाटनलाई समेत लक्षित गरी
हुन लागेको उक्त प्रतियोगितामा मधेश प्रदेश भित्रका तथा छिमेकी जिल्ला सिन्धुली समेतका विभिन्न ३२ वटा समुहले भाग लिने आयोजक संघका महासचिब चन्द्र बहादुर खड्का (बिनोद) ले जानकारी दिए ।
खेलमा प्रथम हुने बिजेता समुहले रु ३१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी दोस्रो हुने समुहले १५ हजार तथा तेस्रो हुने ५ हजार १ सय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
ब्याडमिन्टन खेलमा सहभागि हुन चाहने समुहले रु १५ सय शुल्क तिरेर समुह दर्ता गराउनु पर्नेछ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजक संघले गरेको छ । जस मध्ये बर्दिवास नगरपालिकाको खेलकुद बिकास समितीले रु ४ लाख सहयोग गर्ने बताईएको छ ।