आज्ञा खबर
सिरहा
सिरहाको लहानस्थित साथीको डेरामा ल्याएर बलात्कार गर्ने एकजना युबकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रणय दिवस तथा सरस्वती पूजाको दिन कक्षा–९ मा पढ्ने छात्रालाई सोही जिल्लाको सुखीपुर नगरपालिका–२ का वर्ष १८ का नितेशकुमार यादवलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यादबले लहान–१ स्थित सहिद चोकदेखि दक्षिण रहेको तरकारी बजारको तीन तले घरको दोस्रो तलामा भाडा लिई बसिरहेको अरुणकुमार यादवको डेरामा प्रणय दिवसको मौका छोपी दिउँसो २ बजे ति बालिकालाई ललाइ–फकाई बलात्कार गरेको सिरहाका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । बलात्कार पछी यादबलाई पक्राउगरी घटनाबारे थप अनुसन्धान गरिरहेको र बलात्कृत बालिकालाई प्रादेशिक अस्पताल लहानमा उपचार गरी नोबेल मेडिकल अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।