आज्ञा खबर
सर्लाही
सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियामा बुधबार साँझ दुईवटा भारतीय मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत तीव्र गतिमा रहेका बीआर ३० डी ३५१८ र बीआर ०६ बीपी ४१७२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मलङ्गवा नगरपालिका–११, गम्हरिया बस्ने १५ वर्षीय विकास रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । दुर्घटनामा गम्भीर घाइते सोही ठाउँका १६ वर्षीय निरज पटेल र १७ वर्षीय रोशन पासवानको प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी वीरगञ्ज रेफर गरिएको छ ।