लागु औषध चरेससहित २ जना अम्लेखगञ्जबाट पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
प्रहरीले ३५ किलो लागु औषध चरेससहित २ जनालाई बाराको अम्लेखगञ्जबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको प्रहरीको संयुक्त टोलीले चितवनबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बरको कारलाई बुधवार चेकजाँच गर्ने क्रममा चरेस सहित २ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा नई बस्ती बस्ने साफिर अलि (४२) र कारमा सवार सोही ठेगाना भएका मोहमद अफजाल
रहेका छन ।
पक्राउ परेका दुबैजनाबाट ३२ एनएम ४४७६ नं भारतीय कारको पछाडि डिक्कीमा फल्स बटम बनाई सो बटममा लुकाई छिपाई राखेको अवस्थामा खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा
३५ किलो लागु औषध चरेस, सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार बरामद भएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप गरेर अनुसन्धान तथा कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...