आज्ञा खबर
सप्तरी
सप्तरीबाट गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका ८ बाट उनिहरुलाई पक्राउ गरीएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
प्रक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कङ्कालिनी न.पा. वडा १३ का ४० वर्षीय जप्रुल मन्सुरी, ३५ वर्षीय कैयुजुम मन्सुरी र २५ वर्षीय मो.सम्साद रहेका छन् ।
स्थानीयवासी तेज नारायण सिपलिया यादवको गोरु हराएपछि खोजतलासको क्रममा गोरु काटेर खाएको स्वीकार गरेपछि तीनै जनालाई स्थानीयको सहयोगमा पक्राउ गरी प्रहरीको जिम्मा लगाएको वडा नम्बर ८ का वडाध्यक्ष अजय यादवले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।