आज्ञा खबर
र्सिा
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसान, मजदुरको रगत पसिनाबाट नेता बनेकाहरु भगौड़ा दलाल पूँजीपति वर्गको लागि काम गरिरहेको हुनाले आजको दिनमा भगौडा दलाल पूँजीपति बर्गका लागि काम गरिरहेको नेताले सर्बहारा बर्गको मुक्तिकोलागी काम गर्न नसक्ने जनाएका छन ।
महान जनयुद्ध दिवसको विशेष अवसरमा विरगंजमा मंगलवार आजपाद्धारा आयोजित “दलतन्त्रको उपहार ः नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।
उनले प्रचण्ड नेतृत्वको सरकार कुन बर्गको हो ? भन्ने प्रश्न जनताले उठाएकाले देश बनाउने संकल्प लिएकाहरु निजी स्वार्थमा परेर देश बर्बाद गर्न लागेको जनाए ।
साहले देश भित्र रोजगारी नपाएर नेपालीहरु विदेशमा मरिरहेको र अर्को तिर नेपालको अधिकांश उधोगहरु विदेशी कामदारले भरिएको वर्तमान अवस्थामा किसान मजदुरको रगत–पसिनाबाट उदाएको माओवादी नेतृत्वको सरकारमा यस्तो कहालिलाग्दो अवस्था निर्माण हुनू दुखद एवं दुर्भाग्यपूर्ण विषय भएको जिकिर गरे ।
‘पथभ्रष्ट गद्दारहरुलाई बहिष्कार गरेर महान जनयुद्ध दिवसको सम्मानलाई आत्मसात गरेर अगाडि बढ्न सम्पूर्ण देशभक्त जनतामा अपिल गर्दै आजपा अध्यक्ष साहले जनयुद्ध दिवसको सबैमा शुभकामना व्यक्त गरे ।