वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले मनायो सङ्कल्प पर्व

[sharethis-inline-buttons]
मदन प्रभात
वीरगंज
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति पर्साको आयोजनामा पर्सागढी नगरपालिका–५ पचरूखी–जिंगनामा सङ्कल्प पर्व मनाइएको छ ।
जिल्ला कमिटी सदस्य तथा वडा  नं. ५ का संयोजक कमरेड सुरेन्दर ओझाको अध्यक्षतामा मनाइएको सङ्कल्प पर्वको आज पहिलो दिन सोमवार बिहान ८ बजेदेखि पचरूखीस्थित स्वास्थ्य चौकी परिसर, रामजानकी मन्दिर परिसर, नेरामावि बहुअर्वासिरा पचरूखीको परिसरमा सरसफाइ गरिएको थियो ।
बिहान जिंगनाटोलबाट निस्केको सङ्कल्प पर्व मनाउ, मितव्ययीता अपनाऔं, इतिहासको सबै बलिदानको स्मरण गरौं, आगामी क्रान्तिको निमित्त सङ्कल्प गरौं भन्ने नारासहित पार्टीको झन्डा र ब्यानरसहितको एक जुलुसले पचरूखी र जिंगना टोल परिक्रमा गरेको थियो ।
सङ्कल्पपर्व अन्तर्गत एक दर्जन बिरूवा स्वास्थ्य चौकी परिसर पचरूखीमा रोपिएको थियो ।
पर्सा जिल्ला संयोजक क. धनबहादुर श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य क. भागिरथी प्रकृति, दिवाकर चौधरीले सङ्कल्पपर्वबारे मन्तव्य राखेका थिए । कार्यक्रममा वैज्ञानिक समाजवादी कम्इुनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य क बैद्यनाथ श्रमजीवीले पार्टीको भौतिकवादी संस्कृति निर्माण अन्तर्गत आधारपत्र पढेर सुनाएका थिए ।
कार्यक्रममा वडा कमिटी सदस्य क विक्रम राय, शिवमङ्गल राम, विसुन चौधरी, कमल राम, ठगिया देवी राम, उर्मिलादेवी राम, मानवतीदेवी राम, सुशीला राजभर, रूपमाला पासवान, अञ्जली कुमारी राजभरलगायतले सङ्कल्पपर्वबारे समाजमा उठिरहेको विभिन्न प्रश्न, भ्रम तथा धारणा राखेका थिए ।
सोही कार्यक्रममा वैज्ञानिक समाजवादी महिला सङ्गठनकी केन्द्रीय सदस्य भागिरथी प्रकृतिले अबको महिलाहरुले अन्धविश्वासपूर्ण रुढीवादी परम्परामा आधारित धार्मिक संस्कृति र पर्वहरु क्रमशः परित्याग गर्दै जाने यस्ता पर्वहरुमा गरिराख्ने फजूल खर्चलाई मितव्ययी बन्दै जाने तथा भौतिकवादी दृष्टिकोणबाट सचेतनापूर्वक वैज्ञानिक अवधारणा अनुसारको पर्वहरु मनाउन अग्रसर हुन जरुरी छ  भनी बताइन् ।
जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार भोलि फागुन १ गते पार्टीका प्रत्येक सदस्यले आआप्mनो घरमा सङ्कल्पपर्व, इष्टमित्र, नातागोता आदिलाई बोलाइ खानपिनमा सहभागी भई खुशियाली बाँडी मनाउने कार्यक्रम रहेको छ ।