मेयर क्षेत्रीले गरे दृष्टिविहीन आवास भवनको शिलन्यास

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिपास
महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित जनता मा. वि. गौरीडाडाँमा दृष्टिविहिन आवास भबन निर्माण कार्य सोमवार देखी शुरु भएको छ । २ हजार ७५ साल श्राबण महिना देखी दृष्टिविहिन बिद्यार्थीकालागी कक्षा सन्चालन गर्दे आएको यो बिद्यालयले शुरुको समयमा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजन प्रसाद ढुङ्गाना को घरमा दृष्टिविहिन बिद्यार्थीकालागी आवास सञ्चालन गरेको थियो तर प

छी बिद्यालयले २ हजार ७५ साल भदौ महिना देखी दृष्टिविहिन बिद्यार्थीकालागी बिद्यालयमै अआवासको ब्यवस्थापन गर्दै आएको छ ।
हाल ६ जना छात्र र ९ जना छात्रागरी १५ जना दृष्टिविहिन बिद्यार्थी आवास सहित अध्यनरत रहेको यो बिद्यालय गुणस्तरीय शिक्षामा मधेश प्रदेश भित्रकै उत्कृष्टको रुपमा परिचत रहेको छ । बिद्यालयमा हाल दृष्टिविहिन बिद्यार्थीकालागी ४ कोठे एकमात्र आवासिय भबन हुँदा उनिहरुलाई समस्या भईरहेको बताउछिन दृष्टिविहिन बिद्याथीकी शिक्षिका सिमा नेपाल

यसैगरी बिद्यार्थीको समस्यालाई ध्यान दिदै बिद्यालयमा अध्यनरत छात्र,छात्राकालागी छायाँ नेपाल र बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा दुई तल्ला ४ कोठे भबनकको सिल्लान्यास बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले एक समारोका बिच गरेका हुन। शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै उनले बर्दिवास नगरको बिकासकालागी सबै संघ संस्था संग सहकार्य गर्दै अघि बढने बताए ।
कुल ९८ लाख ९५ हजार ८ सय ४२ रुपैयाको लागतमा निर्माण कार्य शुरु भएको भबनमा ७९ लाख १६ हजार ६ सय ७४ रुपैया छायाँ नेपाल तथा १९लाख ७९ हजार १ सय ६८ रुपैया बर्दिवास नगरपालिकाको आर्थिक सहयोग रहेको छ । मधेश प्रदेशकै शैक्षिक हबको रुपमा बिकास भईरहेको बर्दिवास नगरपालिका बिद्यार्थीकालागी अध्यन आकर्सनको केन्द्र बन्दै गएको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजन प्रसाद ढुङ्गानाको भनाई रहेको छ ।

हेर्नुहोस यो रिपोट