आज्ञा खबर
धनुषा
जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेश कमिटी अध्यक्षमा बालकिशोर प्रसाद यादव चयन भएका छन ।
पार्टीको नयाँ विधान अनुसार प्रदेश कमिटी ५१ सदस्य रहने जसपाको १७ जना कार्यकारिणी सदस्य रहने प्रावधान रहेको छ । अध्यक्षसहित १७ जनाको कार्यकारिणी सोमबार नै गठन गरेको जसपा मधेस प्रदेश कमिटीका निवर्तमान कोषाध्यक्ष रेनु यादवले बताइन् ।
यस्तै कार्यकारिणी समितिको बैठक सुरु भएको र प्रदेश कमिटीको पदाधिकारी तथा अन्य सदस्यको बारेमा छलफल भइरहेको उनले बताइन् । यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका हुन् ।
