एमाले महोत्तरी जिल्ला अध्यक्षमा यादव प्यानल विजयी

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
नेकपा (एमाले) महोत्तरी जिल्लाको १३ वर्ष पछी भएकोे छैंठौ जिल्लाअधिबेशनमा बलराम यादव सहित उनको प्यानल विजयी भएको छ । जिल्ला अध्यक्ष पदमा एकभन्दा बढी आकांक्षि भएपछि अधिवेशनमा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि मतदान भएको थियो ।

मतदान पछी शनिबार बिहान सार्वजनिक गरिएको मतगणनाको परिणाम अनुसार एमाले महोत्तरी अध्यक्षमा यादव २५९ मत ल्याई विजयी भएका हुँन ।
उनका निकटतम प्रतिद्वन्दी शिवचन्द्र सिंहले १५५ मत ल्याएको निर्वाचन अधिकृत उद्धव बहादुर क्षेत्रीले जानकारी दिए।

यसैगरी यादव प्यानलबाटै उपाध्यक्षमा अम्बिका प्रसाद गौतमले २३७ , उनका निकटतम प्रतिद्वन्दी दलबहादुर थापाले १५५,
सचिवमा शम्भु ठाकुर २२८, उनका निकटतम प्रतिद्वन्दी जीतेन्द्र चौधरीले १५५,उपसचिवमा फेकन राम चमार २२३ उनका निकटतम प्रतिद्वन्दी नयिम अन्सारीले १४२
र लेखा समिति अध्यक्ष सूर्य प्रसाद सिंह कुसवाहा २४२ उनका निकटतम प्रतिद्वन्दी शम्भु महतोले १२२ मत ल्याएको बताईएको छ ।
एमाले महोत्तरीमा ४३७ मतदाता रहेकोमा ४२९ जनाले मतदान गरेका थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...