निकिता खनाल
बर्दिवास
विपद्को समयमा अति आवश्यक मानिने २० प्रकारका विभिन्न सामग्रीहरू बिहिवार बर्दिवास नगरपालिकाले पाएको छ ।
विपद्को समयमा खोज तथा उद्धार कार्यमा प्रयोग हुने २० थरिका सामग्रीलाई नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीलाई हस्तान्तरण गरेका छन ।
हस्तान्तरण गरिएका सामग्रीमा फायर कम्बल,दमकल पम्पसेट,जेनरेटर,फलाम काटने मेशीन,रुख काटने मेशीन,घरको ढलान काटने मेशीन लगायत २० प्रकारका करीब तिसलाख मुल्य बराबरको उद्धार सामग्री नेपाल रेड क्रस सोसाईटीको सहकार्यमा
उद्धार तथा खोज सामाग्री हस्तान्तरण गरीएको हो । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री श्रेष्ठले भूकम्प, आगलागी, अत्यधिक गर्मी र शीतलहरूको उच्च जोखिममा यो नगरपालिका रहेकोले कुनै पनि घटना हुँदा उद्धारकालागी यी सामाग्री प्रदान गरिएको जनाए ।
खोज तथा उद्धार सामाग्री बुझ्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले नेपालमै लागु औषध कारोवार र सेबन भयाबह बन्दै गएकोले पुर्व प्रहरी संगठन संग सहकार्य गरेर ईलाका प्रहरी कार्यालय बर्दिवासको नजिकै रहेको भबनलाई लागु औषध पुनर स्थापना केन्द्र बनाईने बताए ।
उनले लागु औषध दुब्र्यशन एक घरबाट आर्काे घर हुँदै दिन प्रतिदिन फैलदै गएकोले यस्को नियन्त्रणकालागी अभिभाबक स्वयम पनी जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याए ।
प्रमुख क्षेत्रीले लागु औषध सेबन र कारोवार नियन्त्रण गर्न नगरले जनचेतना मुलक कार्यक्रम सञ्चालनमा जोड दिएको भन्दै यसको नियन्त्रणकालागी नगर गम्भिर रहेको उल्ल्ोख गरे ।
बर्दिवास नगरपालिका भित्र रेल्वेका कारण एक घर पुर्ण बिस्थापित तथा ३ घर आशिंक बिस्थापित भएकोले उनिहरुको पुनर स्थापनाकोलागी समेत गृह मन्त्री संग माग गरे ।
प्रमुख क्षेत्रीले बर्दिवासको मुख्य समस्या ऐलानी र अब्यवस्थित बसोवासी रहेकाले संबिधानमा लेखिएको कुरालाई संघिय सरकारले पालना गरी लालपुर्जा बितरण गरीनुपर्ने आवश्यकता औल्याए ।
क्षेत्रीले बर्दिवास मेडिकल कलेजको बिषय अहिले कभि खुशी कभि गम भईरहेको हुनाले त्यसको समाधानको लागी संघिय सरकारले बिशेश ध्यान दिन आग्रह गरे ।