कम्युजम संस्था आधारशिलाको २१ औ बार्षिक उत्सव सम्पन्न

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास

महोत्तरीको बर्दिवास ३ मा रहेको कम्युजम संस्था आधारशिलाको २१ औ बार्षिक उत्सव बिहिवार सम्पन्न भएको छ । २०५९ साल माघ २६ गते सिरहाको गोलबजारमा पूर्णकालीन नेता तथा सहिद परिवारका १८ जना केटाकेटीलाई राख्ने गरी कम्युनमा आधारीत आधारिशिला सुरुवात भएको हो ।

सामाजिक र सांस्कृतिक रूपान्तरणको मोडेलमा स्थापना भएको आधारशिला का सदस्यले
देउसी भैलो खेलेर रकम जम्मा गरेर सिरहाको गोलबजारमा किनिएको दुई कठ्ठा जमिन बेचेर महोत्तरीको बर्दिवास ३ मा सरेको थियो ।
बर्दिवासमा शुरुमा सहकारी चलाएर होस्टल सञ्चालन गरेको यो संस्थाले सहकारीबाट माथि उठ्नुपर्छ भनेर आह्वान गरी यस्का सदस्यले आफ्ना पैतृक सम्पत्ति पनि यसमै राखेर सामूहिक अभ्यासको मोडेलमा जाने प्रयास भयो र अन्य पूर्णकालीन नेता तथा कार्यकर्ताहरु पनि बस्न थालेको आधारशिलाले सुरुका दिनमा कोठा भाडामा लिएर बसोवास गरेको थियो । तर भाडाले समस्याको समाधान नभएपछी
विचार र मन मिल्ने पूर्णकालीन परिवारहरु सँगै बसौँ भनी कुरा भयो ।

तत्कालीन अवस्थामा आधारशिलामा १५ परिवार सामूहिक रूपमा बस्ने गरेको भनिएपनी हाल यो संस्थामा ११ परिवार बस्दै आएको यो संस्थालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारका उप प्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ यसो भन्छन ।

यसैगरी कार्यक्रमका अर्का बक्ता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केशीले पृथ्बीमा भएको उत्पादको सम्पुर्ण मानबजातीको अधिकार भएकाले केहि टाठाबाठाले राज्यसत्ताको माध्यमबाट कब्जा गरेको बताए ।