टिपरको ठक्करबाट पूर्व डीएसपीको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णु थापाको मृत्यु भएको छ।

पिलुवाबाट मोटरसाइकलमा कलैयातर्फ जाँदै गरेका उनलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले बुधबार साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा बाट निवृत्त भएका थिए। ठक्कर दिने टिपर नियन्त्रणमा लिएर फरार चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस