गठबन्धन सरकारले देशलाई अस्तव्यस्त बनाएको ओलीको आरोप

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओललीले अहिलेको गठबन्धन सरकारले देशलाई अस्तव्यस्त बनाएको भन्दै अब यो सरकारले देश चलाउन नसक्ने बताएका छन्।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले आफूले थालेको राम्रो कामसमेत अलपत्र पारेको अरोप लगाउँदै नालायक यो सरकारले जनताको कुनै काम गर्न नसकेको उल्लेख गरे । अध्यक्ष ओलीले एमालेले सुरु गरेको विकासका आयोजनाहरू गठबन्धन सरकारले पूरा गर्न नसकेको जिकिर गरे।
एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताउदै
ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफू रौतहट आएर राजनीति सुरु गरेको जिकिर गरे ।
ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोप लगाए।
विसं २०१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुनः लालकिल्लाको रुपमा विरासत फर्काउनका लागि उनले एमाले नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

अहिलेको सरकारले देशको जरजर अवस्था बनाएको आरोप समेत लगाए ।