अभिराम शर्माको सबै सुविधा प्रदेशसभा सचिवालयबाट रोक्का

आज्ञा खबर
धनुषा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाइएपछि प्रदेशसभा सदस्यका रुपमा पाउने उनको सेवासुविधा रोक्का गरिएको छ ।
मधेश प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशसभामा पदाधिकारी तथा सदस्यहरुले १३ प्रकारका सेवासुविधा पाउँदै आइरहेका छन् । तर अदालतबाट जन्मकैदको फैसला भइसकेपछि माघ महिनादेखि शर्माको हकमा सबै प्रकारका सेवासुविधा रोक्ने आदेश दिइएको प्रदेश सभामुखको कार्यालयले जनाएको छ ।
महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । ०७२ भदौ २८ मा दोस्रो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा गत मंसिर २८ गते अदालतले शर्मासहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...