ठगिको आरोपमा सिराहाबाट सामुदायिक विद्यालयका प्रधानाध्यापक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
विद्यालय भवन निर्माण गर्दा खरिद गरेको निर्माण सामाग्रीको भुक्तानी नदिई ठगी गरेको अभियोगमा सिराहाबाट सामुदायिक विद्यालयका एकजना प्रधानाध्यापक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिराहा नगरपालिका– ७ घर भएका चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ५८ वर्षीय मधुसुदन कण रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

कर्णविरुद्ध सिराहा– ८ का रोशनकुमार यादवले १७ लाख चार हजार रुपैयाँ भन्दा धेरै ठगी गरेको उजुरी दिएपछी अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। उनलाई सात दिनको म्याद थप गरेर अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । यादव नेपाल आइरन स्टोर एण्ड जनरल सप्लायर्सका सञ्चालक हुँन ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...