दुई पक्षीय सहमतिपछि गरुडा नगरपालिकाको ताला खुल्यो

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटको गरुडा नगरपालिकाको ताल्चा खोलिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा सोमबार नगरप्रमुख कन्थमनी जैसवाल र उपप्रमुख पुनम चौधरी समूहबिच सहमति एक महिना भन्दा बढी समय सम्म गरीएको तालाबन्दी खोलिएको हो । तालाबन्दीका कारण नगरपालिकाको कामकाज प्रभावित बनेको थियो । सेवाग्राहीले दैनिक रूपमा हुने सेवाहरू उपलब्ध हुन सकेको थिएन।