सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु, दुई युवक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको बाग्मती नगरपालिकामा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। बागमती नगरपालिका १२ को भित्री सडकमा मधेश प्रदेश ०३–२५ प ५९२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीकै बरहथवा नगरपालिका ७ की १९ वर्षीया अस्मिता रायको मृत्यु भएको हो। अस्मिता शनिबार दिउँसो बरहथवा ७ कै २६ वर्षीय मुन्ना यादव र सोही ठाउँका २१ वर्षीय सिद्धान्त शर्मासँग एउटै मोटरसाइकल चढेर भरत ताल घुम्न आएकी थिइन्। उनीहरु तीनैजना छिमेकी हुन्।
दुर्घटनामा गम्भीर घाइते भएकी अस्मितालाई उपचारको लागि सुरुमा बागमतीमै रहेको बागमती मोडेल अस्पताल कर्मैया लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई रौतहटको चन्द्रपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिद्धान्त शर्मा संग मोटरसाइकलको साँचो मागेर मुन्नाले अस्मितालाई
लिएर सिद्धान्तलाई भरत तालमै छाडेर उनीहरु बरहथवातिर फर्किंदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुर्घटनामा मुन्ना भने सामान्य घाइते मात्रै भएका छन्। दुर्घटनाको बेला मोटरसाइकल चलाउने मुन्ना र मोटरसाइकल धनी सिद्धान्त दुबैसँग सवारी अनुमति पत्र नभएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
युवतीको मृत्यु भएपछि उनीसँगै भरत ताल खुम्न आएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए ।