निकेश खनाल
बर्दिवास
मधेश प्रदेशको कला संस्कृति र खाद्य परिकारको जगेर्ना गर्ने उद्देश्यले महोत्तरीको बर्दिवासमा खाना महोत्सव हुने भएको छ । नेपाल होटल तथा पर्यटन ब्यवसायी संघ महोत्तरीको आयोजनामा बर्दिवासमा फाल्गुन ५ गते देखी ७ गत्ते सम्म तिन दिन महोत्तसब गरीने नेपाल होटल तथा पर्यटन ब्यवसायी संघ महोत्तरी का अध्यक्ष गुन्ज बहादुर कार्कीले शनिवार पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिए ।
महोत्तसवमा ५० वटा स्टल राखिने छ । मेलामा राखिएका प्रतेक होटलको स्टलमा आफ्नै मौलिकताको खानाका परिकार राखिने छ । मेलामा स्टल बुक गर्न चाहने होटल ब्यवसायीले रु १ हजार देखी १५ सय सम्म तिर्नु पर्ने छ । महोत्सव सञ्चालनकालागी कुल खर्च रु १५ लाख लाग्ने अनुमान गरीएको छ । जस मध्ये ६ लाख बर्दिवास नगरपालिकाको पर्यटन प्रवद्धन समितीले अनुदान दिने आयोजकले जनाएको छ ।
निशुल्क अबलोकन गर्न सकिने महोत्सबमा राष्ट्रिय तथा स्थानिय रुपमा ख्याती प्राप्त कलाकारहरुको प्रदर्शनी रहने छ।
बर्दिवास नगरपालिका वडा नम्बर १ को सिन्धुली रोडको पिपल बोट देखि राष्टिय बाणिज्य बैक सम्म लाग्ने सोमहोत्सबको ५० हजार मानिसले अबलोकन गर्ने अनुमान गरीएको बताईएको छ ।