निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका १४ मा रहेको एकीकृत नमुना मुसहर बस्तीमा बसोवास गर्ने मुसहर समुदायलाई धुर्मुस ,सुन्तली फाउन्डेसनले निर्माण गरेको पक्की घर बसोवासकालागी असहज बन्दै गएको छ । करीब छ बर्ष अघि निर्माण भएको ५० घरको सो बस्तीकोप्रत्यक घरमा तिनवटा कोठा रहेका छन। मुसहर समुदायको दिन प्रतिदिन बढदो पारिवारीक संख्याको कारण सो बस्तिीमा एकै परीवारका दश देखि १५ जना सम्म पनी तिन ओटै कोठामा कोचिएर बस्न बाध्य भएको एकिकृत नमुना मुसहर बस्तिका स्थानिय रामएकवाल सदाको भनाई रहेको छ ।
दैनिक रुपमा ज्याला मजदुरी गरेरै जीवन गुजारा गर्ने गरेका मुसहर समुदायको पक्की घरको असहज बसाईले थप पिडा मिलेको छ । एकीकृत मुसहर बस्तीको निर्माणले विपन्न र दलित मुसहर समुदायको घर नयाँ भए पनि जीवन जिउने शैली पुरानै छ । उनिहरुको जीवनस्तरमा खासै सुधार आउन सकेको छैन ।
हेर्नुहोस यो रिपोट
मुसहरलाई असहज बन्दै धुर्मुस ,सुन्तली फाउन्डेसनले निर्माण गरेको पक्की घर
© 2024: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech