नक्कली नोटसहित सर्लाहीबाट दुई युवक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाही प्रहरीले जिल्लाको हरिवन नगरपालिकाबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका– ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका– २ का ३६ वर्षीय सन्जय सहनी रहेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।
प्रदेश–२–०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी ८३१८ नम्बरको भारतीय मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन ११ कडरिया चोकबाट बिहीबार दिउँसो उनीहरु पक्राउ परेका हुन्।

‘उनीहरुको साथबाट एक हजार दरका १ सय ७२ थान नक्कली नोटसहित २१ बन्डल नोट साइजमा कटिङ गरिएको सादा कागज केही मात्रामा गाँजा पनि बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइने गिरीले जानकारी दिए।