गठबन्धन सरकारले देशको विकास गर्नुभन्दा आफ्नै गोजीको विकास गर्न तल्लिन रहेको : एमाले महासचिव शंकर पोखरेलले

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको गठबन्धन सरकारले देशको विकास गर्नुभन्दा आफ्नै गोजीको विकास गर्न तल्लिन रहेको भन्दै यो सरकारका कारण देश ठूलो संकटतर्फ धकेलिएको बताएका छन्।

नेकपा एमाले रौतहटले आज सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्ने क्रममा पोखरेलले सो कुरा बताएका हुन्।

उनले नेकपा एमाले सरकारले ल्याएका ठूला योजनालाई गठबन्धन सरकारले अवरोध पु¥याउने काम गरेको आरोप लगाएका छन्।

नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको तयारी स्वरुप आज जिल्ला सदरमुकाम गौरमा प्रतिनिधि परिषदको भेला भएको थियो।