सर्लाही बलराकी पूजादेवी आफ्नै घरभित्र खाटमा मृत फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनी मंगलबार बेलुका आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी छिन । प्रहरीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको थप विवरण भने खुल्न सकेको छैन।

सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले मृतक पूजादेवीकी सासू बनारसी देवी सहनीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए । घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक धितालले जानकारी दिए ।
मृतकको शव मंगलवार रातभर घटनास्थलमै राखेर बुधबार बिहान घटनास्थलको प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको सर्लाही प्रहरीले जनाएको छ ।