स्वाधीन समृद्ध समाज नेपालले राईमण्डल भित्र रहेकोे सम्पदाहरुको बिकासकालागि बिषेश पहल गर्ने

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरी जिल्ल्लाको सुदुर उत्तरवर्ती चुरे क्षेत्रमा पर्ने ऐतिहासीक महत्व बोकेको राईमण्डल डाडाँको अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ ।
बर्दिवासमा रहेको स्वाधिन समृद्ध नेपाल नाम गरेको गैर सरकारी संस्थाको एक टोलीले उक्त क्षेत्रलाई मधेश प्रदेशकै पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्न अध्ययन अबलोकन भ्रमण गरेको हो । सो क्षेत्र मधेश प्रदेशकै ईतिहास बोकेको तर ओझेलमा परेको स्थान रहेकोले यसको ऐतिहासिक महत्वको बारेमा जानकारी प्रचार,प्रबद्धन र पहलको लागी भ्रमण गरिएको हो ।

पछिल्लो समयमा बर्दिवासकोे बृहत्तर र एकिकृत बिकासको संभावनाहरुको खोजि गर्दै स्वाधिन समृद्ध समाज नेपालले राईमण्डल भित्र रहेको एतिहासिक ,धार्मिक तथा पर्यटकिय महत्वको सम्पदाहरुको संरक्षणका लागि बिषेश पहल गर्ने भएको छ ।
हेर्नुहोस यो रिपोट